Home > News
Ambassador Zhang Maoming Publishes an Article Titled "जातीय एकताबारि कानुनी संरक्षण, सबै जातिको सहयात्रा र साझा भविष्य"
2026-07-30 22:57

सन् २०१६ जुलाई १ मा "जनवादी गणतन्त्र चीन जातीय एकता तथा उन्नति प्रबर्धन कानुन" औपचारिक रूपमा कार्यान्वयन भयो । नयाँ युगको जातीय मामिलाको पहिलो अलग कानुनको रूपमा रहेको जातीय एकता तथा उन्नति प्रबर्धन कानुनले पहिलो पटक महासचिव सी चिन् फिङ् को जातीय मामिला सम्बन्धी कार्यलाई जोड दिने र त्यसमा आवश्यक सुधार गर्नुपर्ने महत्त्वपूर्ण विचारधारालाई कानुनमा समावेश गरेको छ। यो जातीय समस्या समाधान गर्ने चिनियाँ विशेषता युक्त सही तरिकाले कानुनी इतिहासमा एक कोसेढुङ्गा हो।

चीनको इतिहास भनेकै विभिन्न जातिहरू आपसमा मिसिई बनेको विविधतामा एकता रहेको चिनियाँ जातिको इतिहास हो। चीनका विभिन्न जातिका जनताले एक आपसमा आवतजावत , आदानप्रदान गर्दै मिसिँदै साझा रूपमा गौरवशाली चिनियाँ संस्कृतिको निर्माण गरे , महान् जातीय स्पिरिट को सिर्जना गरे , अन्तत: रक्त वंश जोडिएको , एक समान आस्था र संस्कृति भएको , परस्चरमा आधारित अर्थ व्यवस्था भएको , भावनात्मक रूपमा नजिक चिनियाँ जातिको समष्टिको निर्माण भयो।

जातीय एकता चिनियाँ विभिन्न जातिका जनताको जीवन रेखा हो। 

चिनियाँ जातिको समष्टिको चेतना जातीय एकताको आधार हो। एक सय वर्ष देखि चिनियाँ कम्युनिष्ट पार्टीले मार्क्सवाद जाति सम्बन्धी सिद्धान्तलाई चीनको जातीय समस्याको वास्तविक अवस्था र चीनको उत्कृष्ट परम्परागत संस्कृतिसँग एकाकार गरी व्यावहारिक अभ्यासमा चिनियाँ कम्युनिष्ट पार्टीको जातीय मामिला सम्बन्धी कार्यलाई परिमार्जन  गर्ने उपायहरु पत्ता लगाई जातीय समस्या समाधान गर्ने चिनियाँ विशेषता युक्त सही मार्गको सिर्जना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन यता महासचिव सी चिन् फिङ् को जातीय मामिला सम्बन्धी कार्यलाई जोड दिने र त्यसमा आवश्यक सुधार गर्ने महत्त्वपूर्ण विचारधाराको निर्माण भएको छ। 

जातीय एकता तथा उन्नति प्रवर्धन कानुन निर्माणको उद्देश्य राष्ट्रिय कानुन निर्माण को प्रक्रिया द्वारा जातीय मामिला सम्बन्धी कार्यमा चीनले हासिल गरेको महत्त्वपूर्ण सैद्धान्तिक तथा व्यावहारिक उपलब्धिलाई राष्ट्रिय मनोबलमा परीणत गरी चिनियाँ जातिको समष्टिको चेतनालाई सशक्त बनाई चिनियाँ जातिको एकता र केन्द्राभिमुख शक्तिलाई अझ मजवुत बनाउनु हो। 

युगको आवश्यकता अनुरूप जातीय एकता तथा उन्नति प्रवर्धन कानुनको निर्माणले चिनियाँ जातिको इतिहासबाट भविष्य तर्फ , परम्पराबाट आधुनिकता तर्फ र विविधता बाट एकताबद्ध हुने विकास लहरको सही सम्बोधन गरेको छ, यसमा चीनका विभिन्न जातिका जनताको साझा इच्छा प्रतिविम्वित भएको छ । जातीय एकता तथा उन्नति प्रवर्धन कानुनमा ७ अध्याय ६५ धारा रहेका छन् । यसले नयाँ युगमा चीनको जातीय एकता तथा उन्नति सम्बन्धी निर्देशक विचार , आधारभूत सिद्धान्त , प्रमुख कार्य , प्रत्याभूतिका उपाय र कानुनी जिम्मेदारी व्यवस्थित रूपमा प्रस्तुत गरेको छ। कानुनमा " पाँचवटा साझा " रहेको चिनियाँ जातिको इतिहास सम्बन्धि धारणा र महासचिव सी चिन् फिङ् को जातीय मामिला सम्बन्धी कार्यलाई जोड दिने र त्यसमा आवश्यक सुधार गर्ने महत्त्वपूर्ण विचार धाराका " बाह्र अनिवार्यता " को मूलतत्त्व समाविष्ट छन्।

चिनियाँ जातिको समष्टिको चेतनालाई दृढतापूर्वक स्थापित गर्ने शिक्षालाई विभिन्न शिक्षा प्रणालीमा समावेश गरी साझा भावनात्मक घर आँगन निर्माण गर्ने। साझा समानताको प्रवर्धन गर्नु भनेको असमानता हटाउनु होइन, असमानताको सम्मान गर्नु भनेको असमानतालाई घनिभूत बनाउनु होइन। 

देशभर राष्ट्रिय भाषा र लिपिको प्रचार गर्ने, तर त्यसको साथै अल्पसङ्ख्यक जातिको भाषा र लिपिको प्रयोग र अध्ययन पनि सुनिश्चित बनाउने। विभिन्न जातिको उत्कृष्ट संस्कृतिको निरन्तरता र विकासमा सहयोग पुर्याउने , विभिन्न जतिविचको आदानप्रदान र सम्मिश्रण लाई उत्प्रेरित गरी साझा समृद्धिको अवस्था ल्याउने। 

अल्पसङ्ख्यक जातीय क्षेत्रहरूमा उच्च गुणस्तरको विकासको सरकारी नीति कार्यान्वयन गर्ने , ती क्षेत्रहरूको विकासलाई राष्ट्रिय विकासको एजेण्डा भित्र पर्ने , विभिन्न जातिका जनताको सुन्दर जीवनप्रतिको चाहना पूरा गर्ने। " चिनियाँ शैलीको आधुनिकीकरण द्वारा साझा समृद्धिको अवस्थामा पुग्दा कुनै पनि जाति छुट्नु हुँदैन " भन्ने वाचा पूरा गर्ने। 

जातीय एकता तथा उन्नति बिगार्ने , जातीय विखण्डन ल्याउने कार्य गर्ने देश बाहिर रहेका संस्था र व्यक्तिलाई कानुनी कारवाही गर्ने , देशको परिस्थिति सुहाउँदो , नियम कानुन सम्मत र अन्तरराष्ट्रिय अभ्याससँग मेल खाने यो कदम राष्ट्रिय एकता , अखण्डता र सामाजिक स्थिरता कायम गरिराख्न सार्वभौम शक्ति प्रयोग गरी चलिआएको अत्यन्त आवश्यक कदम हो।  

जातीय एकता तथा उन्नति प्रवर्धन कानुनको कार्यान्वयनले आधार मजवुत बनाउने , पूर्व अपेक्षाहरु स्थिर राख्ने र दीर्घकालीन फाइदाहरू दिलाउने कुरा सुनिश्चित गर्दछ। साथै चिनियाँ जातिको एकता तथा उन्नतिमा उच्च गुणस्तरको विकास हुनेछ, विभिन्न जातिको चिनियाँ जनता अनारका दानाहरू एकसाथ मिलेर बस्न उत्प्रेरित गर्नेछ, चिनियाँ जातिलाई एकताबद्ध गरी चिनियाँ शैलीको आधुनिकिरणलाई अघि बढाउने विशाल शक्तिको निर्माण गर्ने छ।

चीन र नेपाल दुबै बहुजातीय देश हुन्, जातीय समस्या समाधान गर्नु, विभिन्न जातिको एकता र उन्नति हरेक आधुनिक देशको शासन व्यवस्थाको कर्तव्य हो। चीनले कहिले पनि सङ्कुचित जातिवादको दृष्टिकोणवाट जातीय समस्यालाई हेरेको छैन, सँगै "विश्वका सबै एक परिवार हुन्", भन्ने भावना राखी देशभित्रको जातीय एकता कायम राख्ने मात्र होइन, चिनियाँ ज्ञानको प्रयोग द्वारा समृद्धि प्रवर्धन गर्ने मार्गदर्शन निर्माण गर्न चाहन्छ।  त्यही मार्गदर्शन विश्वका बहुजातीय देशहरू समक्ष प्रस्तुत गरी मानवजातिको साझा भाग्यको समष्टि निर्माणको दिशामा दृढतापूर्वक अघि बढी मानवजातिको अझ सुन्दर भविष्य निर्माण गर्न चाहन्छ।

Suggest To A Friend:   
Print