Home > News
चिनियाँ राजदूत छन् सोङ्‌ले कान्तिपुरलाई दिनु भएको लिखित अन्तर्वार्ता
2023-02-20 20:12

१. तपाई चिनियाँ राजदूतको रूपमा नेपाल आउनु भएको करिब १ महिना भइसक्यो , तपाईको नेपालप्रतिको धारणा कस्तो रहेको छ ?

चिनियाँ जनताहरू नेपाल‌लाई एक सुन्दर, जनताहरू सुखी रहेको, हिमालय को दक्षिण पट्टि रहेको सयौं फूल फुले देशको रूप‌मा सम्झिन्छन् । म बेइजिङमा बस्दा धेरैपटक 'म्याउ जिङ 'भन्ने बौद्धविहारको अगाडीबाट गएको छु, उक्त बौध्दबिहारको सेतो चैत्य नेपाली कलाकार अरनिकोको नेतृत्वमा निर्माण गरिएको थियो । यस वर्षको जनवरी ८ तारिखमा म आफ्नो कार्यभार सम्हाला नेपाल आइपुगेको थिए । हवाइ जहाज‌बाट तल ओर्लिनासाथ नेपाली जनताको हार्दिक सद्‌भावबाट म धेरै प्रभावित भएँ। यो एक महिनामा म नेपालका धेरै ठाउहरुमा गएँ, विभिन्न क्षेत्र र सेक्टरका मित्रहरूसँग भेट‌घाट गरे। त्यसबाट मैले नेपाल जनताको विकास र समृद्धिप्रतिको उत्कर रहेको चाहनाको महसूस अनुभव गरेँ, चीन नेपाल मैत्री नेपालला गहिरिदै गइरहेको महसुस गरे । मलाई विश्वास छ, सबै क्षेत्र र सेक्टर‌का नेपाली जनताको संयुक्त प्रयास, चीन लगायत अन्य मैत्रीपूर्ण देशहरूको समर्थन र सह‌योगमा नेपालले देश विकास गर्ने र जनता समृद्ध बनाउने आफ्नो चाहना अवश्य साकार बनाउन सक्नेछ । मलाई विश्वास छ, चीन नेपाल बीचको सम्बन्ध दुई देशका नेताहरूको सबल नेतृत्वमा निरन्तर रूपमा नयाँ उचाइ‌मा पुगी नयाँ उपलब्धि हन्सिल गर्न सक्षम हुनेछ।

२. तपाईंको प्रमुख कार्ययोजना के हो ? चीन नेपाल सम्बन्धबारे कसरी सोच्नु भएको छ ?

सन् २०१९ एकै वर्षमा चिनियाँ राष्ट्रपति सी जिन फिङ र नेपाली राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारी एकले अर्को देशको भ्रमण पूरा गर्नु भई दुई देशबीच विकास तथा समृद्धितर्फ अग्रसर हुने पुस्तौ पुस्ताको मैत्रीपूर्ण रणनितिक सहकार्य सहकर्मीको सम्बन्ध स्थापना गर्नु भएको थियो । यो वर्ष चीनका लागि चिनिया कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनले निर्देशित गरेको रणनीति र कार्ययोजना सम्पूर्ण रूपमा कार्यान्वयन गर्ने, समाजवादी आधुनिक देशको सम्पूर्णरूपमा निर्माण गर्ने नयाँ विजययात्राको प्रारम्भको वर्ष हो, साथै नेपालका लागि पनि नयाँ सरकारको कार्यसम्पादन‌को पहिलो वर्ष हो । नयाँ ऐतिहासिक प्रारम्भ विन्दु‌मा उभिई चीन नेपालसँग एक साथ काँधमा काँध मिलाई समृ‌द्धितर्फ अघि बढ्‌न चाहन्छ।


पहिलो, दुई देशको रणनीतिलाई मेल गराउने नयाँ बाटोको अवेषण र विकास गर्ने । चीन आफ्नो उच्चगुणस्तरको बिकासको नयाँ अवसरको सदुपयोग गर्न, सक्रियरूपमा "वि आर आई" र वैश्विक विकास प्रस्तावमा सह‌भागी भई चिनियाँ आर्थिक उन्नतिको "एक्स्प्रेस गाड़ी" मा चढ्न नेपाललाई उत्प्रेरित एवं स्वागत गर्दछ। 


दोस्रो, विभिन्न सेण्टरको ठोस सहकार्यका लागि नयाँ फोरम‌को निर्माण गर्ने । चिनियाँ पक्ष नेपालीपक्षसँग "बिआरआई" को उच्च गुणस्तर युक्त, निर्माण गरी आधारभूत संरचना, स्वच्छ ऊर्जा, गरिबी निवारण आदि सेक्टरमा सहकार्य गर्न चाहन्छ । चिनियाँ पक्षले चिनियाँ उद्योगहरुलाई नेपालमा आई लगानी गरी व्यावसायिक विकास गरी ठोस कार्यद्वारा "नेपालमा बनेको" सोचलाई साकार बनाउन प्रोत्साहित गर्दछ ।


तेस्रो, सांस्कृतिक आदान प्रदान सहकार्यको नयाँ मुना निर्माण गर्ने। चिनियाँ पक्ष नेपाली पक्षसँग विविध सांस्कृतिक आदान‌प्रदान कार्यहरू प्रारम्भ गरी दुई देशको संस्कृतिलाई एक अर्काको परिपुरक बनाई दुई देशका जनता बीच समझदारी र आत्मीयता ब‌ढाउन चाहन्छ।

मलाई विश्वास छ, हामीले सामूहिक ज्ञान र शक्तिलाई एकचित्त गरी प्रयोग गर्न सक्यौं भने वर्तमान र भविष्य दुवैलाई हित हुनेहुन्छ। यसबाट हामी अझ घनिष्ठ चीन नेपाल साझा भाग्यको समस्टी निर्माण गर्न सक्नेछौं।


३. हिमालय वारिपारिको त्रिआयामिक कनेक्टिभिटी सञ्जालका निर्माण गर्ने चिनियाँ र नेपाली नेताहरूको महत्त्वपूर्ण साझा समझदारी हो। यस विषय‌मा चिनियाँ पक्षको के योजना रहेको छ ? कृपया चीन नेपाल सीमा वारपार रेलमार्ग, स्थलमार्ग, नाका सम्बन्धी सहकार्यमा भएका नवीनतम प्रगतिबारे केही प्रकाश पारिदिनु हुन्थ्यो कि?


हिमालय वरिपरिको त्रिआयामिक कनेक्टिभिटी सञ्जाल चीन नेपाल "बिआरआई‌"को उच्च गुणस्तरयुक्त निर्माणको महत्त्वपूर्ण अंश हो, त्यसका विशेषताहरू यी हुन् -


पहिलो, यो रेलमार्ग, राजमार्ग, हवाइ मार्ग, नाका, सञ्चार, विधुतीय ग्रीड आदि सबै समाविष्ट सही अर्थको बहुआयामिक कनेक्टिभिटी सञ्जाल हो। 

दोस्रो, यसबाट जनजीवनलाई टेवा पुग्नेछ, यसको निर्माण पुरा भएपछि नेपालको भूपरिवेष्ठित देशबाट भू जडित देश बन्ने सपना सरकार भई नेपाली जनताको कल्याण हुन्छ।

तेस्रो, यो दिगो रहनेछ। सम्बंधित परियोजनाहरूले निरन्तर रूपमा नेपाली अर्थतन्त्रको आत्मविकासको शक्तिलाई बढाउने छ र नेपालको विकासमा नयाँ शक्तिशाली पखेटा थपिएजस्तो हुनेछ ।


दुवैपक्षको सामूहिक प्रयासमा चीन र नेपालको, अप्टिक फाइ‌बर जोड्‌ने कार्य पूरा भइसकेको छ। अरनिको राजमार्गको तेस्रो चरणको अर्मल कार्य सफलता पूर्वक सम्पन्न भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चाननमा आइसकेको छ। चीन नेपाल हिमालय त्रिआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण बिस्तारै हुँदैछ। मलाई विश्वास छ, ह‌ामीले एकसाथ मेहनत गर्यौँ भने चीन नेपाल " बिआर आई" सहकार्यले नयाँ वर्षमा अवश्य पनि अझ बढी उपलब्धि हा‌सिल गर्न सक्ने छ।


सीमा वार‌पारको रेलमार्ग निर्माण चीन र नेपालका नेताहरू र जनताको साझा सपना हो। नेपालमा आएको पहिलो समूह‌को चिनियाँ विशेषज्ञहरूले आफ्नो कार्य सम्पना गरि भविष्यको कार्यका लागि मजबूत आधार तयार गरेका छन्। किही समय अघि केरुङ नाकाबाट दुई तर्फी माल सामान नाका पार गर्ने व्यवस्था र फुलान्- हिल्सा नाकाबाट चीनवाट नेपालमा एक तर्फी माल सामान नाका पार गर्ने व्यवस्था पुनः सञ्चालन‌मा आएको छ । चिनियाँ पक्षले यसवर्षमा लीच्-लोमन्थाङ नाकाको निर्माण गरी निर्माण कम्पनीवाट हस्तान्तरण गरी लिने कार्य समेत पूरा गर्नेछ । नेपाली पक्षले पनि नेपालको सीमा भित्र रहेको आधारभूत संरचना यथाशीघ्र निर्माण गरी लीच्- लोमान्थाङ नाकालाई छि‌टो सञ्चालनमा ल्याउनका लागि पूर्वाधार तयार गर्ने छ भन्ने आशा गर्दछु।


४. होलै नेपालको एक बाम पार्टीको नेतृत्वमा संयुक्त सरकार गठन भएको छ, चिनियाँ पक्षले यसलाई कसरी हेरेको छ ?


चीनले विगत्‌मा हरेक नेपाली सरकारसँग राम्रो सम्बन्ध राख्दै आएको छ। नेपाली मित्रहरूले भन्नु भए जस्तै चीन र नेपाल बीच मैत्री मात्र छ, कुनै समस्या छैन। चीनले कहिले पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन। चीनको नेपाल प्रतिको मैत्री भनेको नेपालका सम्पूर्ण राजनीतिक पार्टीहरू र सम्पूर्ण जनता प्रतिको मैत्री हो, चीनले सत्तारुढ र प्रतिपक्षी पार्टीलाई कहिले पनि फरक व्यवहार गरेको छैन । नेपालका हरेक राजनीतिक पार्टीले देशको मूलभूत र दीर्घकालीन हितका लागि समावेशीकरण, सरसल्लाह, एकताबहरू सहकार्यद्वारा संयुक्त रूपमा आफ्नो देशको स्वतन्त्रता, सार्वभौमसत्ताको रक्षा हुने, राजनीतिक स्थिरता कायम हुने र आर्थिक विकास हुने, जनजीवन स्तर उकास्ने विकासको मार्ग पत्ता लगाउने कार्यको चीन सदा समर्थन गर्दछ। यस प्रक्रिणा मा चीन सदासदैव नेपालको विश्वसनीय एवं भरपर्दो असल छिमेकी, साथी र सहकर्मी हो ।


५. केही समय उघि चीन सरकारले आफ्‌नो देशमा रोग‌को महामारीको अवस्थालाई ध्यान‌मा राखी महामारी नियन्त्रणको नीति परिवर्तन गरेको थियो र अन्तरराष्ट्रिय समुदायको त्यस प्रति व्यापक ध्यानाकर्षण भएको थियो । यसबारे केही प्रकाश परिदिनु हुन्थ्यो कि ? 


विगत ३ वर्षमा शताब्दी भरको सबैभन्दा ठूलो महामारी बारम्बार देखा परेको तथ्यलाई ध्यानमा राखी चीनले सैदैव 

" जनता नै सर्वोपरि हुन्, जीवन नै स्पोपरि हो" भन्ने धारणामा केन्द्रित भई महामारी नियन्त्रणको नीतिलाई निरन्तर रूपमा  सुधार गर्दै लगेको थियो । यसबाट उच्चतम हदसम्म जनताको जीउज्यान र स्वास्थ्यको रक्षा गर्न सफल भई चीन विश्वका ठूला देशहरूमा रोग लाग्ने मानिसहरूको सङ्‌ख्या न्यूनतम, मृत्यु हुनेको सङ्‌ख्या न्यूनतम भएको देश बनेको थियो । चीनले विश्वका चिभिन्न देशहरूलाई २ अर्ब २० करोड मात्रा खोप र खबैको सङ्ख्यामा महामारी रोकथाम सामग्री प्रदान गरेको थियो । यसै ठोस कार्यको माध्यमबाट मानवजातिको स्वास्थ्य सम्बन्धी समष्टिको निर्माणलाई पनि अघि बढाएको थियो। चीनले महामारी रोकथाममा पुर्‍याएको योगदान चानचुने थिएन, विश्वभर‌का जनता यसको साक्षी छन्, ,विश्व इतिहासमा यो कुरा अवश्य लेखिने छ ।


अहिले चीनमा कोमिङ १९ को संक्रमण नियन्त्रण‌का लागि दोश्रो वर्गको सरुवा रोग सरहको नियन्त्रणको व्यवस्था गरिएको छ। अहिले चीनमा महामारी समग्र रूपमा न्यून स्तर‌मा पुगिसकेको छ । ठाउँ ठाउँमा पहिलेजस्तै भिडभाड बढ्न थालिसकेको छ । चीनको वसन्त उत्सव परम्परगत नयाँ वर्षको बेलामा रेल, राजमार्ग, जलमार्ग र हवाइ मार्गबार २२ करोड ६० लाख भन्दा बढी चालुहरू‌ले यात्रा गरेका थिए; 

आन्तरिक पर्यटन‌वाट ३ खर्व ७५ अर्व ८४ करोड ३० लाख युआनको आय भएको थियो । प्रतिदिन सीमा वार‌पार गर्नेहरूको स‌ङ्ख्या ४ लाख १० हजार पुगेको थियो भने सिनेमा बक्स अफिसबाट ६ अर्व ७५ करोड ८० लाख युआन आर्जन भएको थियो । यी सशक्त तथ्यांक, उर्लदो उपभोग खर्चले चीनको समृद्धिशाली परिदृश्यलाई प्रतिबिम्बित गर्दछन्, तिनीहरूले चिनियाँ अर्थतन्त्रको अदम्य जीवनशक्ति र अडिग स्थितिलाई पनि उजागर गरेका छन्। चीनमा महामारी को अवस्थामा समग्र सुधार भएपछि चिनियाँ आर्थिक सामाजिक जीवनशील र आन्तरिक ऊर्जाको पर्याप्त उत्सर्जन हुनेछ र त्यसले विश्व अर्थातन्त्रको पुनर्जीवनका लागि आत्मविश्वास र ऊर्जा थप्नेछ।


६. चीन सरकारले महामारी नियन्त्रण नीति परिवर्तन गरे‌पछि तपाईले दुई देश बीच मानिसहरूको आवतजावतलाई कसरी हेर्नु भएको छ ? के निकट भविष्यमा चिनियाँ पर्यटकहरू बढी सङ्‌खामा नेपालमा आउने छन् ? नेपाली नागरिकहरूलाई चीन जानका लागि सहज हुनेछ?


नेपाल पर्यटकीय स्रोत सम्पदामा धेरै धनी छ। यहाँ विशिष्ट हिमालय, पहाड, नदीनालाहरूको सुन्दर दृश्य बाहेक ऐतिहासिक सांस्कृतिक सम्पदा पनि धेरै छ । नेपाल चिनियाँ पर्यटकहरूले धेरै चाहना गर्ने पर्यटकीय गन्तव स्थान हो। सन् २०१३ मा नेपालमा सुटिङ गरिएको चिनियाँ चलचित्र 'हावा बतासको प्रतीक्षामा' ले हामीलाई नेपालको विशिष्ट प्राकृतिक सौन्दर्य र संस्कृतिको जानकारी दिलाएको थियो । उक्त चलचित्रले धेरै चिनियाँ पर्यटकहरूलाई नेपालीतिर आकर्षित गरेको थियो । यस वर्ष चिनियाँ परम्परागत नयाँ वर्षको ७ दिनको विदामा चीनबाट विदेशमा जानेहरूको स‌ङ्ख्या २८ लाख ७० हजार नाघेको थियो, पर्यटनका लागि विदेश जाने रिजर्वेशन एक वर्ष अघिको भन्दा ६४० प्रितशत‌ले बढेको थियो । स्वयम्भू‌मा होस् या ठमेलका सडकहरूमा, चिनियाँ पर्यटकहरूको उल्लेखनीय वृद्धि भएको छ । | मलाई विश्वास छ, यसवर्ष नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरूको सङ्‌ख्यामा क्रमिक अभिवृद्धि हुनेछ । यसको साथै नेपालस्थित चिनियाँ राजदूतावास‌ले पनि नेपाली जनतालाई चीन जान‌का लागि आवश्यक प्रक्रियालाई सहज बनाउँदै लैजानेछ र चीन नेपाल बीच संवाद र आदान- प्रदानका लागि मैत्रीपूर्ण सेतुहरूको निर्माण गर्ने छ।


७. अन्तरराष्ट्रिय समुदायले चीनको आर्थिक अवस्थाकोर ध्यान दिएर पारि प्रयास गरिरहेको छ, यसबारे केही प्रकाश पारिदिनु हुन्थ्यो की ?


कोभिड-१९ महामारी जस्ता अकल्पनीय घटनाहरूले बारम्बार आधात पुर्‍याए पनि चीनले सम्पूर्ण चापको सामना गरि समग्र आर्थिक गतिबिधिलाई स्थिर बनाउन सफल भएको छ । सन् २०२२ मा चीनको गार्हस्थ्य उत्पादन १७७ खर्ब युआन नाघेको थियो, जुन एक वर्ष अभिको भन्दा ३% ले बढी थियो। चीनको अर्थतन्त्रको पुनरुत्थान अन्य देशका अर्थतन्त्र भन्दा छिटो भएको छ । हामीहरू‌ले सक्रिय रूपमा खुल्लापनलाई विस्तार गर्दै लगेका छौं। सन् २०१२ मा वास्तविक प्रयोगमा आएको वैदेशिक पूँजी पहिलो पटक १ खर्ब ७७ अर्ब १० करोड़ युआन नाघेको थियो । वैदेशिक व्यापार पहिलो पटल ५९ खर्ब अमेरिकी डलर नाघेको थियो र चीन लगातार ६ वर्षसम्म विश्वको मालसामान व्यापारको पहिलो देश बन्न सफल भएको थियो। चीनले विश्वव्यापी व्यापारको विकास र विश्वव्यापी उत्पादन सिक्री, आपूर्ति सिक्रीलाई स्थिर एवं सुचारू बनाउनका लागि अत्यन्त महत्त्वपूर्ण भूमिका थियो। 


चीनको महामारी नियनत्रण नयाँ चरणमा प्रवेश गरेपछि, जनजीवन र आर्थिक उत्पादन द्रुत गतिले पहिलेको अवस्थामा पुग्न थालेको छ । चिनियाँ आर्थिक वृद्धिको आन्तरिक शक्ति निरन्तररूपमा बढ्‌दै गइरहेको छ । अन्तरराष्ट्रिय मौद्रिक फण्ड्को नवीनतम भविष्यवाणी अनुसार सन् २०२३ मा चीन‌को आर्थिक वृद्धिदर ५.२% पुग्नेछ र विश्व गार्हस्थ्य उत्पादन अभिवृद्धिमा चीनको योगदान ३०% - ४०% पुग्नेछ । चीनको विकासबाट विश्वलाई पनि लाभ पुग्नेछ। नयाँ विकासको परिवेशको निर्माणलाई द्रुततर बनाउदै उच्च गुणस्तरको विकासलाई ध्यान दिँदै चीनको विश्व अर्थतन्त्रको पुनर्जीवनको  "स्थिर‌कर्ता" र आर्थिक विकासको "प्रारम्भकर्ता" को भूमिका अझ स्पष्ट हुँदै जानेछ र नेपाल लगायतका धेरै देशहरूको आर्थिक पुनर्जीवन र जन- जीवन‌मा सुधार ल्याउन सहयोग पुयाउने छ।


८. चीनको दक्षिण एसिया प्रतिको नीति के हो?


चीन दक्षिण एसियाको सबैभन्दा ठूलो छिमेकी देश हो। चीनको दक्षिण एसियाली देशहरूसँग लामो समयदेखि सम्पर्क रहँदै आएको छ । राष्ट्रिय स्वतन्त्रता र देश विकासका अभियानमा हामीले सधैं आपसी समझदारी र समर्थनमा जोड दिँदै आएका छौं । हामी बीच गहिरो मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । दक्षिण एसिया "बिआरआइ" को स्थलमार्ग र जलमार्ग जोडिने ठाँउमा रहेको छ र यो "बिआरआइ" अन्तरराष्ट्रिय सहकार्यको महत्त्वपूर्ण दिशा पनि हो । यो वर्ष चिनियाँ राष्ट्रपति सी जिन फिङ्ले "बिआरआई प्रस्तावना अनि सार्नु भएको दश वर्ष पूरा भएको छ। दश वर्ष यता हामीले सुख दुःखमा एक साथ रही मैत्री सम्बन्धका अनेकौं नयाँ अध्‌यायहरू थप्यौं। चीन नेपाल हिमालय वरिपारिको त्रिआयामिक कनेक्टिभिटी सञ्जालको बिस्तारै निर्माण हुँदैछ । चीन पाकीस्तान आर्थिक करिडोरको निर्माण पूरा भई धेरै उपलब्धिहरू पनि भइसके। चीन मालदिभ्स मैत्री पुलको निर्माणवार समुद्र नाघ्ने पुल निर्माण गर्ने मालदिभ्सका जनताको सयौं वर्ष पुरानो सपना साकार भएको छ । कोलम्बो बन्दरगाह र हाम्बान्टोटा बन्दरगाह श्रीलङ्काको आर्थिक विकासलाई चलाउने 'डबल इंजिन' बनेका छन ।चीन बाङ्‌लादेश मैत्रीपुलले 'सुनको बाङ्लादेश' बनाउने सपना साकार बनाउन टेवा पुयाइरहेको छ।


चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिन फिङ्ले पार्टीको २० औं महाधिवेशनमा जोड दिँदै भन्नुभएको थियो, "चीनले छिमेकी देशहरू - सँग आत्मीय, सहयोगी, मैत्रीपूर्ण सहकर्मी सम्बन्ध विकास गर्ने कूटनीतिलाई निरन्तरता दिनेछ, र छिमेकी देशहरूसँग मैत्रीपूर्ण विश्वास‌को सम्बन्ध र आपसी हितको एकाकारलाई गहन बनाउनेछ । शान्तिपूर्ण स्थिरता युक्त विकसित समृद्धिशाली दक्षिण एसिया नै यस क्षेत्रका देश र जनताको हितमा रहने छ। दक्षिण एसियामा विकासका असीमित संभावनाहरू रहेका छन् । चीन र दक्षिण एसियाली देशहरूको सहकार्यको भविष्य पनि उज्ज्वल रहेको छ। चिनियाँ शैलीको आधुनिकीकरण द्वारा चिनियाँ जातिको महान् पुनजागरणको नयाँ विजय यात्रामा पनि दक्षिण एसियाली देशहरूसँग विकास सम्बन्धी समितिसँग मेल गर्दै लैजान, विकास सम्बधी अनुव आदानप्रदान गर्न, विकासका शक्तिशाली पक्षहरू एक आपस‌मा मिलाउँदै दक्षिण एसियाली  देशहरूसँग एक साथ विकासको सपना साकार बनाउन चाइन्छ ।


९. हालै चीन, अमेरिका, भारत सबैले नेपालसँगको गतिविधि बढाउन थालेको छ, यसबारे यहाँको के विचार रहेको छ?


चीनले सधैँनै चीन र अमेरिकाको सम्बन्ध एकको जित अर्कोको हार हुने खालको सम्बन्ध होइन भने मान्दै आएको छ । यस विशाल पृथ्वीमा समृद्धिशाली चीन र समृदिशाली अमेरिका दुबै देश सजिलैसँग अटाउन सक्द‌छन् । इतिहास र बास्तविकताले प्रमाणित गरेको छ, सहकार्य रसहयोग नै चीन र अमेरिका बीचको सम्बन्धको सर्वश्रेष्ठ विकल्प हो। चीन र भारत दुवै विकास‌को भविष्य उज्ज्वल भएका महत्त्वपूर्ण उदयमान अर्थतंत्र हुन्, तिनीहरु एक आपसका सह‌कर्मी हुन्, एकले अर्कोलाई खतरा उत्पन्न नगराउने विकासका अवसरहरू हुन्।


चीनले सदासदैव समानता, आपसी हित र दुवै पक्षको जिसको अवधारणाको आधारमा कुनै राजनीतिक अथवा आर्थिक पूर्वशर्त नराखी नेपाललाई सहयोग प्रदान गर्दै आइरहेको छ र चीन नेपालको आर्थिक सामाजिक विकास र जनजीवनमा सुधारका लागि भित्री मनदेखि नै सहयोग गर्न चाहन्छ । यसको साथै, नेपालले अमेरिका, भारत आदि देशहरूसँग समानताको आकारमा सह‌कार्य बढाएको देखेर चीन खुशी छ। विभिन्न देशहरूले नेपालसँग सहकार्य गर्दा नेपाल‌को स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय हितको पूर्ण रूपले सम्मान गरेको चीन हेर्न चाइन्छ । चीन नेपालसँग "चीन नेपाल + "यस्तो सहकार्य मोडेल बारे अन्वेषण गर्न चाहन्छ र अमेरिका भारत लगायतका देशहरूसँग संयुक्त सपमा नेपाललाई समृद्धिशाली बनाउन सह‌योग र समर्थन गर्न चाहन्छ; नेपाललाई अन्तरराष्ट्रिय विकास सहकार्यको नमुना बनाउन चाइन्छ।


१०. तपाई नेपाली जनतालाई अरु केही सन्देश दिन चाहनु हुन्छ?


देशहरूबीचको सम्बन्ध ती देशका जनताहरू कति आत्मीय छन् भन्ने कुरामा भर पर्दछ। चीन नेपालको सम्बन्ध विकासमा प्रत्येक जनताको सहभागिता चहिन्छ, दुई देशका जनताहरू बीचको सम्बन्ध जति गहिरो हुन्छ, आपस‌मा आवतजावत जति बढी हुन्छ, दुई देशबिचको मैत्रीको आधार उति नै मजबुत हुँदै जान्छ, ठोस सह‌कार्यहरू पनि उत्तिकै बढ्‌दै जान्छन् I म नेपालको सुन्दर प्राकृतिक दृश्य र विशिष्ट संस्कृतिबाट अति प्रभावित भएको छु र यहाँका सांस्कृतिक वस्तुहरू र स्वादिष्ट भोजन, सांस्कृतिक परिदृश्यको रसास्वादन गर्न र बढी भन्दा बढी नेपाली मित्रहरू बनाउन लालयित छु।  नेपाली मित्रहरुलाई हाम्रो चिनियाँ राजदूता बास‌मा स्वागत पनि गर्न चाहन्छु । तपाईंहरू चीनमा पनि गएर हेर्नु होला, र आफैनै आधुनिक चीनको प्रत्यक्ष अनुभव गर्नु होला । अन्तमा, यहाँहरु सबैले मेरो कार्य र चीन नेपाल सम्बन्धको विकासका लागि सक्रिय भई सहयोग गर्नु हुनेछ भन्ने आशा गर्दछु।  हामी सबै मिलेर चीन नेपालको हिमालय वारिपारिका मैत्रीलाई नयाँ उचाईमा पुर्‍याऔं।

Suggest To A Friend:   
Print